रामेछापमा र्‍यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगटिभ



रामेछापमा र्‍यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगटिभ देखिएको छ ।

बुधबार साँझसम्म ३७ जनाको र्‍यापिड टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले जानकारी दिइन् ।

वैशाख ८ गतेसम्म जिल्लाका ७ वटा पालिकाहरूमा क्वारेन्टाइनमा बसेकोहरू सबैको परीक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ४, २०७७ बिहीबार  ८ : ०६ बजे