राहत वितरणका क्रममा झडप हुँदा दुई जना घाइते



पर्साको छिपहरमाई गाउँपालिकामा राहत वितरणका क्रममा झडप हुँदा दुई जना घाइते भएका छन् ।

असन्तुष्ट पक्षको ढुंगा प्रहारबाट स्थानीय विनोद साह र चन्द्रिका साह घाइते भएका हुन् ।विनोदको गर्धन र चन्द्रिकाको टाउकोमा चोट लागेको छ । उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको ईलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ ।

सर्वदलीय समितिबाट नामावली संकलन गरेर झण्डै १७ सय परिवारलाई राहत वितरण गर्ने गाउँपालिकाको तयारी छ । शुक्रबार वडा नं ३ को झलमैयामा १ सय ३० जना ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने विपन्न परिवारलाई राहत वितरण गर्न लागिएको थियो ।

प्रकाशित मिति : बैशाख ५, २०७७ शुक्रबार  ११ : ११ बजे