काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आइतवारको पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेको जनाएको छ ।
यसैगरी, हाल देशको पश्चिमी र पूर्वी भू–भागमा आंशिक बदली रही बाँकी भेगको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भू–भागमा आंशिक बदली हुनेछ ।
यस्तै, पहाडी भूभागका केही स्थान र तराइका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ्ग,असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। राति भने पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली, तराईका भू–भागमा आंशिक बदली रहने र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको उल्लेख छ ।










