आजको मौसम : मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित वर्षा हुन सक्ने



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले सोमवारको मौसम पूर्वानुमान जारि गरेको छ । महाशाखाले हाल देशमा स्थानीय वायुको प्रभावका साथै पश्विमी वायुको प्रभाव रहेकाले अहिले देशको पूर्वी भू–भागमा आंशिक देखि सामान्य बदली भइरहेको र बाँकी भेगको मौसम सामान्तया सफा रहेको जनाएको छ ।

महाशाखाले जारी गरेको सोमबारको मौसम पूूर्वानुमानमा उल्लेख भएअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भई अपरान्हपश्चात् पूर्वी तथा मध्य क्षेत्र लगायत अन्य पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहने र पहाडी भूभागका केहि स्थानहरुमा साथै पूर्वी तराईका एकरदुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : बैशाख ८, २०७७ सोमबार  ३ : १८ बजे