मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलामको माङसेबुङ गाउँपालिकामा १८ जनाको र्‍यापिड टेस्ट : सबैको रिपोर्ट नेगेटिभ



इलामको माङसेबुङ गाउँपालिकामा होमक्वारेन्टाइनमा रहेका १८ जनाको र्‍यापिड टेस्ट गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय इलामसँगको समन्वयमा माङसेबुङ २ स्थित इभाङ स्वास्थ्य चौकीमा र्‍यापिड टेस्ट गरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङगोले जानकारी दिए ।

गाउँपालिका भरीका १९ जनाको र्‍यापिड टेस्ट गर्ने तयारी गरिएको भएपनि एक जना वर्षातको कारण उपस्थित नभएपछि १८ जनाको मात्र टेस्ट गरिएको हो ।एक जनाको झापको दमकमा र्‍यापिड टेस्ट गर्ने व्यवस्था गरिने माङसेबुङ गाउँपालिका अध्यक्ष  इदिङ्गोले जानकारी दिए ।

विभिन्न मुलुकबाट २०७६ चैत १ देखि ११ सम्म घर ९माङसेबुङ० आइ होमक्वारेन्टाइनमा रहेका १९ जनाको रिपोर्ट नेगेटिभ देखिएपछि सुरक्षित साथ आफ्नो घरमा फर्काइएको माङसेबुङ गाउँपालिकाले जनाएको छ ।

सो अवधिमा वडा नम्बर १ का ३, वडा नम्बर २ का ८, वडा नम्बर ३ का ५ र ६ का ३ जना व्यक्तिहरु विदेशबाट घर फर्किएका थिए ।

अहिलेको विश्वव्यापी साझा समस्या कोरोना संक्रमणबाट सबै सुरक्षित रहन आग्रह गर्दै गाउँपालिकाबासी सबैको जीवन रक्षाको लागि गर्नुपर्ने कर्तव्यप्रति गाउँपालिका जिम्मेवार ढंगबाट लागिपरेको अध्यक्ष इदिङ्गोले बताए ।

कुनै नयाँ मानिस अन्यत्र ठाँउबाट गाउँपालिका भित्रिएमा उनीहरुको विवरण संकलन तथा आवश्यक प्रक्रियामा कुनै कसुर बाँकी नराख्ने साथै महामारीबाट जोगिन जनस्तरमा प्रभावकारी कार्यक्रमहरु निरन्तर संचालन गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  ९ : ५० बजे