आजको मौसम : चट्याङ्गसहित वर्षा हुनसक्ने



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रवारको मौसम पूर्वानुमान जारि गरेको छ । शुक्रबार महाशाखाले देशमा पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव परेको जनाएको हो ।

यसैगरी, महाशाखाले हाल देशभर आंशिक बदली भई दिउँसो देशका मध्य र पूर्वी भू–भागमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ।

मध्य र पूर्वी भू–भागका धेरै स्थानहरुमा र पश्चिमी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै, राति देशभर आंशिक देखि सामान्य बदली रहि मध्य र पूर्वी भू–भागका थोरै स्थानमा र पश्चिमि भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार  ३ : १२ बजे