नगरपालिकाले राहतमा बाँडेको तेल खादा आधा दर्जन व्यक्ति विरामी



महोत्तरीको गौशाला नगरपालिकामा राहतमा बाँडिएको तेलबाट बनेको परिकार खादा आधा दर्जन व्यक्ति विरामी परेका छन् ।

नगरपालिकाको वडा नम्बर ४ मा बाँडिएको उक्त उक्त तेलबाट बनेको परिबार खादा ६–७ जना लाई पखाला लागेको छ । राहतमा वितरण गरिएको खाने तेलको परिकार खाँदा स्थानीय १२ बर्षिया रामवती सदा, ३० वर्षीय श्रीचन सदा लगायत ६ जनालाई पखाला लागेको छ ।

खानेतेलबाट बनेको परिकार खादा छोराछोरीहरुलाई पखाला लाग्दा आफुहरुलाई राहतभन्दा बढि आहत भएको स्थानिय उर्मिला सदाले बताए ।

अमृत व्रान्डका प्रशोधित पामोलिन खाने तेल वितरण गरेको भन्दै शुक्रवार दिउँसो स्थानिय महिलाहरुले नगरपालिकाको कार्यालय समेत घेराउ गरेका थिए । कार्यालय घेराउपछि गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले विरामी भएकाको उपचार र दोषिलाई कारवाही गर्ने प्रतिबद्धता जनाएपछि स्थिती साम्य भएको थियो ।

राहत सामग्री खरिद एवं प्याकिङ्ग गर्ने क्रममा सहभागीहरुसँग स्पष्टीकरण लिने वडाअध्यक्ष रामबाबु साहले प्रतिवद्धता जनाए ।

यस सम्बन्धमा नगरप्रमुख महतोले पखाला लागेको विरामीलाई तत्कालको लागि उपचार गराउनका लागि निर्देशन दिईसकेको बताए ।

प्रकाशित मिति : बैशाख १२, २०७७ शुक्रबार  ११ : ५४ बजे