आजको मौसम : यस्तो छ पूर्वानुमान



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथ साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जनाएको छ ।

शनिबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल देशको पूर्वी, मध्य भू–भाग र पश्चिमी पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको साथै पूर्वी र मध्य भू–भागको केही स्थानहरुमा वर्षा भइरहेको जनाएको छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख भए अनुसार आज दिउँसो देशभर सामान्य बदली रहनेछ । पश्चिमी भू–भागका केही स्थान, मध्य र पूर्वी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

यसैगरी, राति पश्चिमी पहाडी भू–भाग, मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मध्य र पूर्वी भू–भागका थोरै स्थानमा र पश्चिमी पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

प्रकाशित मिति : बैशाख १३, २०७७ शनिबार  ३ : ०७ बजे