प्रहरिले नलिएपछी महेश बस्नेत र सर्वेन्द्र विरुद्ध जाहेरी दिन जसपाका नेताहरु सरकारी वकिल कार्यालयमा



प्रहरिले जाहेरी लिन अस्विकार गरेपछी जनता समाजवादी पार्टीका नेताहरु सांसद अपहरण मुद्धाको जाहेरी दर्ता गर्न काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् ।

सत्तारुढ नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ तथा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले आफ्नो पार्टिका सांसदलाई अपहरण गरेको भन्दै छानबिनका लागी जनता समाजवादी पार्टीका नेताहरु जाहेरी दिन पुगेका हुन ।

सरकारी वकिलको कार्यालयले पनि जाहेरी लिन आनाकानी गरिरहेको जसपाका नेताहरुले बताएका छन ।

यस अघी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइ सहितका नेताहरु जाहेरी दिन जादा महानगरीय प्रहरी परिसर, काठमाडौंले जाहेरी लिन अस्विकार गरेको थियो ।

सांसद यादवलाई पूर्व आईजीपी खनाल सहित नेकपा नेताहरु महेश बस्नेत र किशान श्रेस्ठले पार्टी फुटाउने प्रयासमा १० वैशाखमा महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको जसपाका नेताहरुले आरोप लगाउदै आएका छन ।

प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार  ९ : २८ बजे