मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुधबार एकैदिन ३ जना कोरोना सङ्क्रमित थपिए,नेपालमा संक्रमितको संख्या ५७



बुधबार (आज) एकैदिन बाराका दुई र पर्साका एक गरी तीनजना व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनिहरुको नतिजा पोजेटिभ आएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।

संक्रमित तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

संक्रमितहरु जितपुर सिमरा नगरपालिकाका ४३ वर्ष, सिम्रौनगढका ३१ वर्ष पुरुष र वीरगञ्ज-२ छपकैयाका ४६ वर्षका पुरुष हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ५ : ५७ बजे