वीरगञ्ज महानगरपालिका अर्का एक सफाइ कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । उनलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार मात्र वीरगञ्ज ३ का सफाइ कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएको थियो । उनको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप एक जनामा संक्रमण भेटिएको हो ।










