राहत लिएर विद्यार्थीको डेरा डेरामा पुगे कांग्रेसका युवा नेता अधिकारी



काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम नेपाल विद्यार्थी संघका पूर्व उपाध्याक्ष रामप्रसाद अधिकारी र नेविसंघका पुर्व केन्द्रिय सदस्य रत्नहरी ढुंगेल खाद्यान्नका पोका बोकेर विभिन्न जिल्लाबाट काठमाडौं डेरा गरि बस्ने दर्जनौं विद्यार्थीको डेरामा पुगेका छन् ।

लकडाउनका कारण घर फर्कन नपाएका तथा खर्चको अभावमा समस्याग्रस्त विद्यार्थीहरुलाई दाल , चामल , नुन , तेल , चिनी , चियापत्ती र आलु जस्ता खाद्यान्न उपलब्ध गराएको नेता अधिकारीले जानकारी दिनुभयो । समस्यामा परि हामिसंग सहयोगको आग्रह गर्ने साथिहरुका लागि आवस्यक सामाग्री बोकेर हामी उहाँहरुको डेरा नै पुग्ने गरेका छौँ । केही दिनदेखि यो प्रकिया चलिरहेको छ अधिकारीले भन्नुभयो । अझै केही दिन जारी राख्छौं । हालसम बौद्ध, जोरपाटी, चावहिल, मैतिदेवी , बानेश्वर , अनामनगर, डिल्लिबजार, वालुवाटार र बिशालनगरका १२३ विद्यार्थीलाई राहत उपलब्ध गराइसकेका छौँ ।

स्थानीय निकायहरु राजनिती स्वार्थमा लिप्त छन् उनिहरुले बाहिरका विद्यार्थी मजदुर भन्दापनी आफ्ना मतदानहरुलाइ प्राथमिकता राख्ने भएकाले विद्यार्थीको समस्या सकि नसकि हामिले नै समाधान गर्नुपरेको नेता ढुंगेलले बताए ।

उनिहरुले बिगत ३ दिनदेखी खाद्यान्न तथा राहत वितरण कार्य गर्दै आएका छन् नेता अधिकारीले थपे ‘यो सबैले सबै स्वार्थ भन्दा माथी उठेर सकेको मानवीय सेवामा जुट्नुपर्ने बेला हो’।

प्रकाशित मिति : बैशाख १७, २०७७ बुधबार  १० : ४९ बजे