लकडाउन उल्लंघनको आरोपमा बिहानै १५ सय जना कारबाहीमा



काठमाडौं । सरकारले लकडाउन उल्लंघन गरेको आरोपमा एक हजार ५०८ जना कारबाहीमा परेका छन् । बिहीबार बिहान ८ बजेसम्मको अवधिमा उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरबाट कारबाही गरिएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रहरी निरीक्षक नहकुल गौतमका अनुसार यो अवधिमा एक हजार ९२ जना पुरुष र ४ सय १६ जना महिला पक्राउ परेका छन् । उनीहरुलाई बिहान तीन घन्टासम्म सकडमै उभ्याइएको छ ।

साथै, उपत्यकाको विभिन्न क्षेत्रबाट १ सय १० वटा सवारीसाधन नियन्त्रणमा परेको उनले जनाए ।

यसअघि लकडाउनको उल्लंघन बढेको भन्दै गृह मन्त्रालयले कार्यान्वयनमा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।

प्रकाशित मिति : बैशाख १८, २०७७ बिहिबार  ३ : ५८ बजे