मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर हाल २३ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा



नेपालमा हालसम्म ५८ हजार वटा सम्भाबित कोरोना सङ्क्रमणको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४ हजार ९ सय ८५, प्रदेश २ मा ५ हजार ४ सय ५६, बागमती प्रदेशमा ८ हजार ३ सय ६१ नमुना परीक्षण भएका छन् ।

यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश ५ मा ३ हजार ७ सय ९, कर्णाली प्रदेशमा ५ हजार ४ सय ३६ र सुदूरपश्चिम प्रदेशमा १३ हजार ४ सय ११ वटा आरडिटी विधिबाट कोरोना एन्टीबडी परीक्षण भएको प्रवक्ता डा . विकास देवकोटाले जानकारी दिए ।

विगत २४ घण्टामा प्रयोगशाला र र्‍यापिड टेस्ट गरी करिब १७ सय वटा नमुना परीक्षण भएको छ । ती सबैका नतिजा नेगेटिभ आएको छ ।

त्यस्तै अहिले देशभर गरी २३ हजार हजार ३ सय ३६ जना क्वारेन्टाइनस्थलमा छन् । उपत्यकामा ३ र उपत्यका बाहिरका अस्पतालमा ७७ गरी ८० जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  १२ : ५५ बजे