महोत्तरीमा अज्ञात रोगले मृत्यु हुनेक्रम रोकिएन ,आज दुईको मृत्यु



महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मृत्यु हुनेक्रम नरोकिएपछी स्थानियहरु चिन्तित बनेका छन ।

अज्ञात रोगका कारण मृत्यु हुनेकोको संख्या ११ पुगेको छ।शनिबार बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएपछि मृतकको सङ्ख्या ११ पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आज डाक्टर अमृत पोखरेल तथा विश्व स्वास्थ्य सङ्गठनका डाक्टर सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली यी बस्तीमा पुगेको छ।

भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साहले घरेलु मदिराको सेवनले ती स्थानीयको मृत्यु हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताए । बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले मृत्युको कारण शवपरीक्षण जाँचले निक्र्योल गर्ने जानकारी दिए ।

बर्दिवास वडा नम्बर १२ मेघरोल र भङ्गाहा वडा नम्बर ७ मेघनाथ गोरहन्नामा गत मंगलबारदेखि शुक्रबारसम्म आठ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति : बैशाख २०, २०७७ शनिबार  ११ : २१ बजे