यस्तो रहेको छ, आगामी तिन दिनको मौसम पूर्वानुमान



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो केही दिनयता मुलुकमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावले बदलीसँगै वर्षा भइरहेको जनाएको छ । महाशाखाले आगामी तिनको मौसम पूर्वानुमान जारि गर्दै बङ्गालको खाडी र अबर सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकोले मौसममा दिनहुँजस्तो बदलाव आइरहेको जनाएको छ ।

महाशाखाले प्रिमनसुन सक्रिय रहनुका साथै बङ्गालको खाडी र अबर सागरबाट जलवाष्पयुक्त हावा निरन्तर आइरहेकाले वर्षा हुने बताएको छ । प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित श्रणिक वर्षा हुने गर्दछ । अहिले प्रिमनसुनको साथै अन्य प्रणालीको प्रभाव रहेकाले मुलुकका अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो ।

आज देशको पश्चिमी भू-भागका धरै स्थानहरूमा साथै मध्य तथा पुर्वका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमानः

बैशाख २३ गते (मंगलबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा पूर्ण बदली र बांकि भु-भागमा सामान्य बदली रहनेछ।देशको पश्चिमी भू-भागका धरै स्थानहरूमा साथै मध्य तथा पुर्वका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य बदली रही मध्य तथा पूर्वी भू-भागका केही स्थानहरुमा र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख २४ गते (बुधबार)

दिउँसोः देशभर बिहानिपख आंशिक बदलि र दिउसो पश्चात सामान्य बदली रहनेछ।देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै पुर्वी र मध्य तराईका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग रअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख २४ गते (बिहीबार)

दिउँसोः देशभर बिहानिपख आंशिक बदलि र दिउसो पश्चात सामान्य बदली रहनेछ ।देशको पहाडी भू-भागका केहि स्थानहरूमा साथै तराईका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर आंशिक बदली रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गर असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार  २ : ०७ बजे