दुई महिने शिशु सहित १७ जना सङ्क्रमित भेटिए



नेपालमा एक जना दुई महिने शिशु सहित थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

संक्रमितहरु वीरगञ्जका निबासिहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनालाई कोरोनाभाइरस पुष्टि भएको हो।

प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार  ११ : १८ बजे