मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी अस्पताल बिराटनगरबाट १४ जना कोरोना जितेर फर्किए, १७ जनाको उपचार हुँदै



विराटनगरमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर डिस्चार्ज भएका छन् । कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार दिउँसो डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुने सबै उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा संक्रमण देखिएका नागरिक हुन् । सोही स्थानमा कोरोना संक्रमण पुष्टि भएका ६ जना बुधबार डिस्चार्ज भएका थिए । उदयपुर त्रियुगा–३ भुल्केका संक्रमित एक जना महिलासहित पाँच र भुल्केस्थित मस्जिदमा बसोबास गर्ने ३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

यो सँगै विराटनगरबाट छुट्नेको संख्या १४ पुगेको छ । उनीहरुलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरे ।

८ जना डिस्चार्ज भएसँगै नेपालमा निको हुनेको संख्या २७ पुगेको छ । कोसी अस्पतालमा उपचार गराइरहेका ६ जना यसअघि नै निको भएर डिस्चार्ज भइसकेका छन् ।

हाल उक्त अस्पतालामाअ झापाका २, भोजपुरका १ र उदयपुरका ८ गरी कोरोना विषेश अस्पतालमा ३१ जना संक्रमितले उपचार गराईरहेका छन । सबैको स्वास्थ्य अवस्था समान्य रहेको उपचार तथा निगरानीमा खटिएका चिकित्सक डा ।डेनप्रसाद आचार्यले बताए । उनिहरु डिस्चार्ज भएपनि नियमित चिकित्सकको निगरानी र सावधानीमा रहनु पर्ने डाक्टर आचार्य बताए ।

प्रकाशित मिति : २६ बैशाख २०७७, शुक्रबार  ८ : ५४ बजे