नेपालगन्जमा थप एकजनामा कोरोना सङ्क्रमण पुष्टि,संक्रमितको संख्या १०२



नेपालगन्‍जमा अर्का एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणका क्रममा नेपालगन्‍जका एकजना १६ वर्षीय किशोरमा सङ्क्रमण पुष्टी भएको हो कोरोना पुष्टि भएको हो ।

नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १०२ पुगेको र हाल देशभरका विभिन्‍न अस्पतालमा ७२ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अन्य सङ्क्रमित हरु निको भएर फर्किसकेका छन ।

प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार  ११ : २८ बजे