मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२४ घन्टामा १ हजार ३१६ जनाको परीक्षण : स्वास्थ्य मन्त्रालय



पछिल्लो २४ घण्टामा नेपालमा नयाँ कोरोनाभाइरसका संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा ११० जना संक्रमित फेला परेका छन् । यसमध्ये ७८ जना पुरुष र ३२ जना महिला रहेका छन् । प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३ तथा सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले जानकारी दिए ।

तेस्तै नेपालमा हालसम्म ७३ हजार ५५५ नमूना परीक्षण भएका छन्। जसमध्ये पीसीआरबाट १६ हजार ८९८ आरडीटी प्रविधिबाट ५६ हजार ६५७ नमूना परीक्षण भएका हुन्। रेड जोनमा ३४५ जना रहेका छन्। गत २४ घन्टामा १ हजार ३१६ नयाँ नमूना परीक्षण भएको प्रवक्ता डा . देवकोटाले बताए ।

प्रदेश १ मा ७ हजार ०५५ , प्रदेश २ मा ५ हजार ८९०, बागमती प्रदेशमा ९ हजार १८१ ,गण्डकी प्रदेशमा ६ हजार ३७७, प्रदेश ५ मा ६ हजार ७७४ , कर्णाली प्रदेशमा ६हजार ३६३ र सुदूरपश्चिम प्रदेशमा १४हजार ९१० गरी ५६ हजार ५५० वटा आरडीटी परीक्षण भएको पनि प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ११ : ४३ बजे