नेपालमा एकैदिन १० जनामा देखियो कोरोना, संक्रमित १२० पुग्यो



काठमाडौं । नेपालमा फेरि १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । सोमबार बिहान १० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नया थपिएका संक्रमित सवै कपिलवस्तुका रहेका छन् । यो संगै नेपालमा कोरोना संक्रमित संख्या १ सय २० पुगेको छ ।

प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार  ३ : १४ बजे