भारतले मिचेको जमिन फिर्ता गर्न प्रेस युनियन ओखलढुंगाको माग



भारतले सीमा मिचेको र नेपाली भूमिमा सडक बनाएको विषयलाई अन्तर्रा्ष्ट्रियकरण गर्न नेपाल प्रेस युनियन ओखलढुंगाले माग गरेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै युनियनले यस्तो माग गरेको हो ।

१८१६ को सुगौलि सन्धीलाइ लत्याउदै भारतले कालापानी, सुस्ता, लिपुलेक, लिम्पीयाधुरा, दशगजा क्षेत्र लगायत सिमानामा पर्ने ५१ हजार हेक्टर नेपाली जमिन मिचिसकेको र पछिल्लो पटक दार्चुला स्थित लिपुलेक हुँदै कैलाश मानसरोवर जोड्ने बाटो बनाउदा १९ किलोमिटर नेपाली भूमि मिचेर भारतीय रक्षामन्त्री राजनाथ सिंहले एकपक्षियरुपमा सडक उद्घाटन गरी पूनः मिचाहा प्रबृतिलाई निरन्तरता दिएको प्रति नेपाल प्रेस युुनियन ओखलढुंगालेुआपत्ती जनाएको हो ।

भारत नियतवश कहिले बाँध भत्काउने, कहिले जङ्गे पिल्लर सार्ने, कहिले कालिखोला समेत आफ्नो भूगोलमा हालेर राजनीतिक नक्सा बनाउने लगायतका भारतीय हर्कत नेपालप्रति गरिएका हेपाहा र मिचाहा प्रबृति भएको विज्ञप्तीमा दावी गरिएको छ ।
भारतद्धारा अतिक्रमित भूमि र नेपालको सिमाका विषयमा नेपाल सरकारले उच्चस्तरिय राजनीतिक तथा कुटनितिक तवरबाट समस्या समाधान गर्न नसक्नु नेपाल सरकारको लाचारीपन भएको नेपाल प्रेस युनियन ओखलढुंगाका अध्यक्ष जीवन शर्माले बताए । भारतका प्रधानमन्त्री पटक पटक नेपाल आउदा र नेपालका प्रधानमन्त्री, राष्ट्रपति भारत जादा सिमा समस्याका बारेमा कुटनीतिक समाधान सहित राष्ट्रीय स्वाधिनताका बारेका बोल्न नसक्नु नेपाल सरकारको कमजोरी मात्र नभइ भारतप्रतिको लम्पसारवाद भएको अध्यक्ष शर्माले विज्ञप्तीमार्फत टीप्पणी गरेका छन् ।

भारतले जवरजस्ती नेपाली भूमि मिचेर एकतर्फी सडक बनाउने, पिल्लरहरु सार्ने, राजनीतिक नक्सा निकाल्ने सम्मका हर्कत गर्दा आफ्नो मातृभूमिको सुरक्षा गर्न नसक्ने, भारतिय मिचाहा प्रबृतिको खण्डन गरेजसो गर्ने र नेपालको राजनीतिक नक्सा निकाल्न समेत नसक्नुले वर्तमान सरकार जनता र राष्ट्रप्रति उत्तरदायि नभएको नेपाली जनताले पुष्टि भइसकेको विज्ञप्तिमा दावी गरिएको छ ।

नेपालको राजनीतिक नक्सा सार्वजनीक गर्न र सिमा सुरक्षाका विषयमा नेपाल सरकारले उच्चस्तरिय राजनीतिक तथा कुटनितिक तवरबाट दिर्घकालिन समाधान खोज्न नेपाल प्रेस युनयन ओखलढुंगाले नेपाल सरकारसंग माग गरेको छ ।

प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार  ५ : ११ बजे