काठमाडौं । देशभर कोरोनाको त्रासका बिच मंगलबार राति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ११ बजेर ५३ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ५.३ म्याग्निचूडको भूकम्प गएको हो ।
दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, काठमाडौं उपत्यकालगायतका स्थानीयले सामाजिक सञ्चालमा पोस्ट गर्दै भूकम्पको धक्का महसुस गरेको जनाएका छन्।








