त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका विरामीमा कोरोना पुष्टि, चिकित्सक तथा नर्सबीच खैलाबैला



काठमाडौँ । राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका एक जना विरामीमा कोरोना पष्टि भएको छ । न्युरो सर्जरी वार्डमा सात दिन अघि भर्ना भएका ६ बर्षिया बालिकामा कोरोना संक्रमण देखिएको हो ।

ती बालीकालाई कपिलवस्तुबाट उपचारका लागि काठमाडौँ ल्याइएको थियो । बालिका ईएनटी सम्वन्धी विरामी हुन् । तर इएनटी विभागलाई कोभिड युनिट बनाएका कारण उनलाई न्युरो सर्जरी वार्डमा राखेर उपचार गरिएको थियो ।

कोरोना पोजेटिभ देखिएपछि अहिले अस्पतालमा चिकित्सक तथा नर्सबीच खैलाबैला मच्चिएको छ ।

अस्पतालले यसबारेमा अधिकारिक धारणा राखिसकेको छैन् । अस्पतालका निर्देशक प्राडा प्रेम खड्गाले त्यहि विषयमा बैठक हुँदै गरेको र केही बेरमा आधिकारिक जानकारी दिने बताए ।

प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहिबार  ४ : २३ बजे