कांग्रेसले बनायो लगानी, पूर्वाधार र रोजगार बिशेष समिति : विनोद चौधरी संयोजक



नेपाली कांग्रेसले ‘लगानी, पूर्वाधार र रोजगारी सिर्जनाका बारेमा दृष्टिकोण निर्माण एवं दिगो परियोजना बिशेष समिति’ गठन गरेको छ। बैशाख १७ मा सम्पन्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरि देशका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय अनुसार बिशेष समिति’ गठन गरेको कांग्रेसले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ ।

पार्टीनिकट विभिन्न क्षेत्रका लगानिकर्ता र रोजगारदाताहरूलाई समेटेर समिति गठन गरिएको र  समितिले तत्काल कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीति बारे आवश्यक अध्ययन गरेर पार्टीको अर्थतन्त्र केन्द्रित विशेष समितिलाई सुझाव दिने पार्टिका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसको बिज्ञप्ती

जेठ २, २०७७

लगानी, पूर्वाधार र रोजगार स् दृष्टिकोण एवं दिगो परियोजना
केन्द्रित बिशेष समिति गठन

बैशाख १७ मा सम्पन्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरि देशका लागि आवश्यक कार्य गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरे बमोजिम सभापति श्री शेरबहादुर देउवाले ‘लगानी, पूर्वाधार र रोजगार स् दृष्टिकोण एवं दिगो परियोजना बिशेष समिति’ गठन गर्नुभएको छ ।

समितिमा पार्टी निकट विभिन्न क्षेत्रका लगानिकर्ता र रोजगारदाताहरु निम्नानुसार रहनुभएको छ ।

१ संयोजक श्री विनोद चौधरी
२, सदस्य श्री दिपक खड्का
३, सदस्य श्री उमेश श्रेष्ठ
४ सदस्य श्री ईन्द्र बानियाँ
५ सदस्य श्री टेकबहादुर गुरुङ
६ सदस्य श्री कर्मा घले
७, सदस्य श्री जिप छिरिङ लामा
८, सदस्य श्री छत्र गिरि
९ सदस्य श्री सूर्यबहादुर के।सी।
१० सदस्य श्री मोहन आचार्य
११ सदस्य श्री तेजुलाल चौधरी
१२ सदस्य श्री अनिल रुङ्गटा
१३ सदस्य श्री बिष्णुबहादुर खड्का
१४ सदस्य श्री पूर्णबहादुर तामाङ
१५ सदस्य श्री खगेश्वर बोहरा

समितिले—

(१) तत्काल कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीति बारे आवश्यक अध्ययन पश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रीत बिशेष समिति’ लाई सुझाव दिने छ ।

(२) दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्नेछ । समितिको संख्या २१ मा नबढ्ने गरि थप गरिने छ ।

जय नेपाल
कृष्णप्रसाद पौडेल
मुख्य सचिव

प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार  ८ : ३२ बजे