धुलिखेल अस्पतालमा मृत्यु भएको बाह्रविसे नगरपालिका ९ राम्चेको सुत्केरी महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आधिकारिक पुष्टी गरेको छ ।यो नै नेपालमा कोरोनाबाट मृत्यु भएको पहिलो घटना भएको पनि मन्त्रालयले जनाएको छ ।
धुलिखेल अस्पतालमा पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिएपछि पुनः परीक्षणको लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। टेकुमा गरिएको परीक्षणमा पनि मृतकमा कोरोना पोजेटिभ देखिएको हो।
यसैबिच उनको शबलाई अहिले दाहसंस्कारका लागि पशुपति आर्यघाट लागिएको छ ।मृतकको शव नेपाल प्रहरी र सेनाको टोलीले ल्याएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख रविकुमार पौडेलले जानकारी दिए।









