काठमाडौंका पोखरेल बने अमेरिकन आइडलको उपविजेता



काठमाडौं । काठमाडौ रवीभवनका नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधिको उपविजेता बनेका छन् । उपाधीका लागि भएको अन्तिम प्रतिस्पर्धामा जस्ट साम अमेरिकन आइडल बनिन् भने दिवेश उपविजेता बने ।

फाइनल राउण्डमा भएको भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी उत्कृष्ठ २ मा पुगे पनि उपाधि जित्न पुग्ने भोट पाएनन् । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली हुन् । यस अघि नेपाली मुलका नागरिक प्रशान्त तामाङले इण्डियन आइडलको उपाधी जितेका थिए ।

प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार  २ : ३६ बजे