उपत्यकामा पाँच सहित थप २७ जनामा कोरोना संक्रमण पुष्टि



आज (मङ्गलबार्) देशका बिभिन्न ठाउमा २७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

मंगलबार कोरोना देखिनेमा काठमाडौंमा तीन, झापामा ९ जना, कपिलवस्तुका ४ र सर्लाहीका २ जना, मोरङ, सुनसरी, भक्तपुर, मकवानपुर, रामेछाप, सिन्धुली, ललितपुर, लमजुङ र नवलपरासीमा एक-एकजनामा कोरोना संक्रमण देखिएको छ ।

कोरोना देखिनेमा १७ देखि ४२ वर्षसम्मका २४ पुरुष र तीन महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय सङ्क्रमितकी सङ्ख्या बढ्न थालेको छ भने सरकारले पनि परिक्षण को दर  बढाइएको बताएको छ ।

प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार  ११ : ०४ बजे