यस्तो रहनेछ आगामी तीन दिनको मौसम



हाल बंगलादेशको आसपासमा अवस्थित चक्रवात अंपुनू कमजोर भई निम्न चापीय प्रणालीको रुपमा रहेको र नेपालको पूर्वी भू-भागमा यस प्रणालीको आन्शिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पूर्वी भू-भागमा सामान्य बदली, मध्य भू(भागमा आन्शिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ ९ गते शुक्रबार

दिउँसोः देशको पूर्वी भू(भागमा सामान्य बदली, मध्य तथा पश्चिमी पहाडी भू(भागमा आंशिक बदली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू(भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू(भागका १र२ स्थानहरुमा मेघगर्जनरचट्याङ्रहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडि भु(भागमा सामान्य बदली रही बांकी भू(भागमा आंशिक बदली रहनेछ। पहाडि भू(भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १० गते शनिबार

दिउँसोः देशको मध्य तथा पूर्वी भू(भागहरुमा सामान्य बदली र पश्चिमी भ-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको मध्य तथा पूर्वी भू(भागहरुमा सामान्य बदली रही पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ ११ गते आईतबार

दिउँसोः देशको मध्य तथा पूर्वी भू(भागहरुमा सामान्य बदली र पश्चिमी पहाडी भू(भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू(भागका केहि स्थानहरु र पश्चिमी पहाडी भू(भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू(भागहरुमा सामान्य बदली तथा बाँकी भू(भागमा आंशिक बदली रहनेछ। पहाडी भू(भागका थोरै स्थानहमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको संभावना रहेकोले सतर्कता अपनाउनहुन अनुरोध छ।

प्रकाशित मिति : जेष्ठ ९, २०७७ शुक्रबार  २ : ५५ बजे