सुर्खेतमा पनि ३ जनालाई कोरोना संक्रमण पुष्टि



सुर्खेतमा शनिबार थप ३ जनामा कोरोना संक्रमण भेटिएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले पुष्टी गरे ।

प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नेपालगन्ज पठाइएकोमा त्यहाँ पनि शनिबार पोजेटिभ नै नतिजा आएको उनले ब ताए ।

प्रकाशित मिति : जेष्ठ १०, २०७७ शनिबार  १० : ०७ बजे