नेशनल मेडिकल कलेज तथा अस्पतालमा निधन भएका एकजनाको अन्तिम संस्कार गरेको ६ दिनपछि कोरोना पोजेटीभ भएको रिपोर्ट आएको छ।
यद्यपी यो जानकारी स्वास्थ्य मन्त्रालयले औपचारीक रुपमा नगराएपनि प्रसासन भने मृतकको परिवारदेखि अस्पताल सबैको कन्ट्याक्ट ट्रेसिङको गृहकार्यमा लागेको छ।
वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
जनस्वास्थ्य कार्यालयको रिटायर्ड कर्मचारी समेत रहेका चौधरी थरका ७० बर्षिय वृद्ध जेठ २ गते अस्पताल भर्ना गरिएका थिए।
उनको जेठ ४ गते नेशनल अस्पतालमा उपचारका क्रममा निधन भयो। जेठ २ गते दिउँसो १ वजे अस्पताल भर्ना भएका चौधरी थरका ति बृद्धको जेठ ४ गते निधन भएसँगै अस्पतालले परिवारलाई शव बुझाएको थियो।
परिवारले पनि शव पाएसँगै आफ्नो परम्परा अनुसार अन्त्येष्टी गरेको छ।










