मौसम पूर्वानुमानः विहिबारसम्म हावाहुरीसहित वर्षा हुने



काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भू-भागमा हुरीबताससहित वर्षा हुने जनाएको छ ।

महाशाखाले विहिबारसम्मको पूर्वानुमान जारी गर्दै मौसम पूर्वानुमान बुलेटिनमा आज, भोलि र पर्सीसम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ ।

महाशाखाका अनुसार हाल नेपालको पूर्वी भू-भाग आसपास बनेको निम्न चापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशको मध्य, पूर्वी र पश्चिमी पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।

प्रकाशित मिति : जेष्ठ १३, २०७७ मंगलबार  २ : ५२ बजे