नेपालमा कोरोना संक्रमितको सख्या ८ सय नाघ्यो, थप ३८ जनामा कोरोना पुष्टि



काठमाडौं । नेपालमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा प्रदेश २ को रौतहटका २९, बाराका ७ र सिरहाका २ जना रहेका छन् ।

संक्रमण पुष्टि भएका ३८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षण गरिएको थियो । संक्रमितको कन्ट्याक ट्रेसिङ सुरू भइसकेको छ ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय १० पुगेको छ । जसमध्ये १ सय ५५ जना निको हुँदा ४ संक्रमितको ज्यान गएको छ ।

प्रकाशित मिति : जेष्ठ १४, २०७७ बुधबार  २ : ५१ बजे