नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी



नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी भएकोछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी ११४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यो सहित नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ।

एकैपटक यतिधेरै संख्यामा नेपालमा कोरोना संक्रमित थपिएको यो नै पहिलो पटक हो।

कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : जेष्ठ १४, २०७७ बुधबार  ११ : ०० बजे