देशैभरी गरेर आज थप १८९ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा . विकास देवकोटाले यो जानकारी गराएका हुन् ।
उनका अनुसार देशका विभिन्न स्थानमा प्रयोगशालमा गरिएको परीक्षणमा थप १८९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो।
पछिल्लो पटक कपिलवस्तुमा मात्रै थप ७७ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ४ सय १ पुगेको छ।
देवकोटाअनुसार हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २१९ पुगेको छ ।
जसमध्ये १७२ जना पुरुष र ४७ जना महिला छन् ।
आजमात्रै १३ जना डिस्चार्ज भएका हुन् ।








