आजको मौसम : मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने पूर्वानुमान



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाले आइतबारको जारी गरेको पूर्वानुमानका अनुसार नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको भने स्थानीय वायुको पनि प्रभाव रहेको छ।

यसैगरी, महाशाखाले हाल देशभरी नै सामान्य बदली भइरहेको र केही स्थानमा हल्का वर्षा भइरहेको जानकारी दिएको छ ।

यस्तै, आइतबार दिउँसो देशका धेरै स्थानहरुमा सामान्य बदली भई देशका केही स्थानहरुमा भने मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानमा उल्लेख छ ।

महाशाखाले जारी गरेको पूर्वानुमानमा आइतबार राति पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदलीको सम्भावना रहेपनि अन्य क्षेत्रहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ ।

यस्तै, पूर्वी भूभागका केहि स्थानहरुमा लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा भने मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : जेष्ठ १८, २०७७ आईतबार  २ : ३४ बजे