बजेट ल्याउदा सरकारले महामारिको असरबारे सोचेन : कांग्रेस नेता सिंह



कांग्रेस नेता प्रकाशमान सिंहले सामान्य अवस्थामा ल्याइने बजेट ल्याएको भन्दै कोरोनाबाट परेको प्रभावलाई बजेटले सम्बोधन गर्न नसकेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि शुरु भएको छलफलमा भाग लिदै नेता सिंहले महामारीको असर सरकारले आँकलन गरेको भन्दा बढी हुने संभावना रहेको तर बजेटले त्यसलाई आँकलन नगरेको बताएका हुन । “सरकारले कोरोना महामारीलाई सामान्य रुपमा लिएको जस्तो देखियो। बजेटले महामारीको असरबारे आँकलन गर्न सकेन”, उनले भने।

स्थिर सरकारले राज्यलाई दीर्घकालीन महत्व राख्ने नीति अवलम्बन गर्नुपर्ने भए पनि सामान्य सरकारले जस्तै काम गरेको बताए । उनले सरकारले ल्याएको यो तेस्रो बजेट भएपनि जनमत अनुसार प्रशासनिक सुधार, संरचना सुधारका कार्यक्रम बजेटले समेटन नसकेको बताए ।उनले सरकार दुई तिहाईको भएपनि बजेट चाँही दम नै नभएको सरकार जस्तो देखिएको टिप्पणी गरे । सरकारले संघीयतालाई बलियो बनाउन ध्यान नदिएको उनले बताए

अमेरिकन मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) अगाडि नबढाउने निर्णयले नेकपाभित्रै बाट बजेटको विश्वासनीयता माथि प्रश्न उठेको उनले बताए । कोरोना रोकथाम र नियन्त्रण गर्न सरकारको प्राथामिकतामा नपरेको भन्दै सिंहले सरकारको आलोचना गरे ।

प्रकाशित मिति : जेष्ठ १८, २०७७ आइतबार  ७ : ३२ बजे