आज दिनभर पानी पर्ने, यी नदीहरुमा बाढी आउन सक्ने हुँदा सतर्क रहन आग्रह



काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले नेपालको पुर्वी भू-भाग नजिकै निम्न चापीय रेखा रहेको जनाएको छ। महाशाखाले देशका अधिकांश स्थानहरुमा सामान्य बदली भएर पूर्वी भू-भाग र पश्चिमको केहि स्थानहरुमा हल्का वर्षा भइरहेको जनाएको छ।

यस्तै सोमबार बिहान देशको पूर्वी भू-भागका केही स्थानहरूमा मेघ गर्जन गराउने बादल सक्रिय भएको उल्लेख छ।

सोमबार दिउँसो देशका पश्चिम र मध्यका केही स्थानहरुमा र पूर्वका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

राति पनि देशभर सामान्यतया बदली रही धेरैजसो स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित वर्षात् हुनेछ। पश्चिमी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षा हुने सम्भावना छ।

त्यस्तै आज देशका प्रमूख नदीहरू कन्काई,कोशी,बागमती,कमला,नारायणी, पश्चिम राप्ती,कर्णाली र महाकालीमा नदीमा बहाव केहि बढ्ने, बबई र यसका सहायक नदीमा वहाव तुलनात्मक रूपमा बढ्ने,तर सबै प्रमूख नदीमा सतर्कता तलै हुने,प्रदेश ५,बागमती,प्रदेश २/१ भई बहने केहि साना नदीमा आकस्मिक बहाव हुन सक्ने नेपाल बाढी सूचनाको ट्वीटरमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार  २ : २७ बजे