मधेशबादी दलको संविधान संशोधन विधेयक संसदमा दर्ता



अन्तत : राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीको संविधान संशोधन विधेयक दर्ता भएको छ ।

यसअघि गत शुक्रबार संसदले उनीहरुको संशोधन विधेयक दर्ता गर्न अस्विकार गरेको थियो ।

संघीय संसदका महासचिव भरतराज गौतमले सभामुखसँग परामर्श गर्ने भनी फर्काएका थिए ।

सोमबार राजपा नेता लक्ष्मणलाल कर्णसहितको टोलीले संघीय संसद सचिवालयमा गई संशोधन विधेयक दर्ता गराएका हुन् ।

विधेयक दर्ता गर्न नेताहरू राजेन्द्र श्रेष्ठ र लक्ष्मणलाल कर्णलगायत संसद् सचिवालय पुगेका थिए।

नबगठित जसपाले भाषा, नागरिकता, राष्ट्रियसभामा हुने प्रतिनिधित्व, प्रदेशको सीमांकनलगायतमा संविधान संशोधन हुनुपर्ने माग राख्दै आएको छ।

जसपा नेता लक्ष्मणलाल कर्णले आफूहरूले दर्ता गराएको विधेयकमा सरकारले समर्थन नगरे सरकारले प्रस्ताव गरेको विधेयकमा पनि आफूहरूले पनि समर्थन नगर्ने उनले बताए।

प्रकाशित मिति : जेष्ठ १९, २०७७ सोमबार  १२ : ५४ बजे