रौतहटमा बिहीबार एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रौतहटको इशनाथ नगरपालिकाका ४६, गुजरा नगरपालिकाका ८, गढीमाई नगरिपालिकाका ७ तथा चन्द्रपुर , माधवनरायण र फतुवा विजयपुर नगरपालिकाका एकएक जना र दुर्गा भगवती गाउँपालिकाका १ जना गरी कुल ६५ जनामा संक्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।
यससँगै रौतहटमा कुल संक्रमितको संख्या ३८३ पुगेको छ ।










