आज थप २७८ जनामा कोरोनको संक्रमण देखिएको छ ।
मन्त्रालयका प्रवक्ता डा . विकास देवकाटाले जनाएअनुसार आज थपिएका दुई सय ७८ जना संक्रमितमध्ये २६७ पुरुष र ११ जना महिला रहेका छन् ।
यसैबिच काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत दुई जना बिरामीमा कोरोना संक्रमण देखिएको मन्त्रालय स्रोतले जानकारी दियो ।
शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा . विकास देवकोटाले काठमाडौंको एक निजी अस्पतालमा उपचाररत दुई जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका थिए ।








