भारतले मस्ट वन्टेड सुचिमा राखेका अंडरवर्ल्ड डन दाऊद इब्राहिमको कोरोना सङ्क्रमणका कारण पाकिस्तानमा मृत्यु भएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।आधिकारिक रुपमा पुष्टी हुन नसके पनि दाऊद इब्राहिमको कोरोना सङ्क्रमणका कारण पाकिस्तानमा मृत्यु भएको समाचारले भारतमा सनसनी मच्चाएको छ ।
भारतिय गुप्तचार निकायलाई उधृत गर्दै भारतिय सञ्चारमाध्यमहरुले दाउद कोरोना सङ्क्रमित भएसगै उनको मृत्यु भएको आकलन गरेका छन । दाऊद इब्राहिमका बारेमा यसअघी पनि आइरहने बिभिन्न समाचारहरुको आधिकारिक पुष्टी हुन भने गाह्रो हुने गरेको छ ।
दाउदलाई कोरोना सङ्क्रमण भएको समाचार केहि दिन अघी देखीनै सार्बजनिक भएपछी दाउदका भाइ अनिसले दाउद र उनको परिवारका कोही पनि कोरोना सङ्क्रमित नभएको र उनिहरु पुरै सुरक्षित रहेको हिजो मात्रै सञ्चारमाध्यम मार्फत सार्बजनिक गरेका थिए ।
यसअघी मीडिया रिपोर्टहरुमा दाऊद र उनकी पत्नी कोरोना संक्रमित भएको र उनिहरुको कराची स्थित आर्मी अस्पतालमा उपचार भैरहेको बताइएको थियो । उनिहरु दुबैको अवस्था गम्भिर रहेको उल्लेख गरिएको थियो ।दाउद सङ्क्रमित भएको र उनको मृत्यु भएको समाचारहरुको हालसम्म कुनै पुष्टी भने हुन सकेको छैन ।
दाऊद भारतको सर्बाधिक खोजिमा रहेका अंडरवर्ल्ड डन हुन ।उनिमाथी भारतमा थुप्रै अभियोगहरु छन ।हाल भने उनि आफ्नो डी कंपनी मार्फत पाकिस्तान र दुबईमा ब्यापार चलाईरहेको बताइन्छ ।











