आज एकैदिन नेपालमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । यससगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । आज एकै दिन दुईजना मृतकको कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
मृतकमध्ये डोल्पाका ५८ वर्षीय पुरुष र कैलालीकी ५५ वर्षीया महिला छन् । उनीहरु दुवैको मृत्युपछि नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको देवकोटाले जानकारी दिए ।आजको मृत्यु पुष्टिसँगै नेपालका कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । कुल मृतकमध्ये १० पुरुष र ३ महिला छन् ।
तेस्तै आज एकैदिन थप ३२३ जनामा सङ्क्रमण भएको प्रवक्ता डा देवकोटाले पृष्टि गरे। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २८६ पुरुष र ३७ महिलामा सङ्क्रमण भएको पृष्टि गरे। आज थपिएकासँगै कूल सङ्क्रमितको सङ्ख्या तीन हजार २३५ पुगेको छ।










