चिन र भारतको सिमानास्थित पूर्वी लद्दाखमा दुबै देशका सेनाबीच उत्पन्न तनावको शान्तिपुर्ण समाधान खोज्न दुबै देश तयार भएको भारतिय सञ्चारमाध्यमहरुले समाचारमा जनाएका छन ।
भारत र चीनका सैनिक अधिकारिहरुबिच शनिवार भएको छलफलपछी आज भारतको विदेश मंत्रालयले दुइ देश बिच शान्तिपुर्ण समाधान खोज्ने सहमती भएको जनाएको हो ।भारतिय बिदेश मन्त्रालयले भनेको छ्, “चीन पनि शान्तिपुर्ण समाधानका लागि तैयार छ्, द्विपक्षीय समझौता अनुसार दुबै देश सीमा क्षेत्रमा शांतिपूर्ण समाधान खोज्न सहमत छन्” ।
दुबै देश केहि समय पहिले देखी सिक्किम र लद्दाख आसपास लाइन अफ एक्चुअल कंट्रोल (एलएसी)मा लागातार झडपको स्थिती बनेको थियो ।पटक पटक बिबाद र झडप हुने भारत र चिन बिचका कैयन ठाउहरुमा चिनले यस अघिनै सडक र अन्य संरचनाहरु बनाइसकेको छ ।भारतले पनि पछिल्लो समय ति क्षेत्रहरुमा सडक र अन्य संरचना बनाउन थालेपछी ति क्षेत्रमा पछिल्लो बिबाद र झडपको स्थिती बनेको हो ।दुइ देशका सेना बिच एक महिना भित्र मात्रै तीन पटक झड़प भएको थियो ।भारत चीन सिमानामा दुइ देशका सैनिक बीच पटक पटक झड़प हुने गरेको छ ।
भारत र चिन बिच लामो समय देखी सिमा बिबाद जारी छ ।कयैन स्थानहरुमा दुइ देशबिचको सिमानै अस्पष्ट रहेको र दुबै देशको आ-आफ्नो दाबी रहेकोले दुबै देशका सैनिकहरु एक -अर्काको सिमानामा पुग्ने हुँदा पटक पटक झडप हुने गरेको भारतिय पक्षले बताउदै आएको छ ।
सैनिकहरु बिच झडप र बिबाद हुँदा सैनिक अधिकारीहरुले छलफल गरेर स्थानिय रुपमै बिबाद मिलाउने गरेका छन ।यसपटक चलेको लामो बिबाद पछी त्यसको समाधान खोज्न दुबै देशका लेफ्टिनेंट जनरल तहका सैनिक अधिकारिहरु बिच शनिबार छलफल भएको थियो ।










