लकडाउन कडा बनाउन एकाएक प्रहरिको सक्रीयता, न्यूरोडका पसल बन्द गराउने क्रममा व्यापारी र प्रहरिको घम्साघम्सी



कोरोना भाइरस नियन्त्रणका लागी भन्दै सरकारले लामो समय देखी जारी राखेको लकडाउन केहि दिनदेखी खुकुलो हुँदै गैरहेकोमा प्रहरिले आज पुन: कडाइ गरेको छ ।लकडाउन लामो समय चल्दा दैनिकी कष्टकर बनेको भन्दै आम नागरिकहरुले पछील्लो समय स्वत:स्फुर्त लकडाउन उलङ्घन गर्न थालेका थिए ।

ब्यापारिक संस्थाहरुले स्वतस्फुर्त निर्णय गरेर पसल लगायतका ब्यबसाय खोल्न थालेका थिए भने सडकमा सवारि चाप बढ्न थालेको थियो ।काठ्माण्डौको प्रमुख ब्यापारिक क्षेत्र असन, न्यूरोड लगायत त्यस वरिपरिका पसल र ब्यापारिक प्रतिष्ठानहरु खुल्न थालेका थिए ।प्रहरिले पनि पसल ब्यबसाय र सडकमा गुड्ने सवारिका साधन माथी खासै कडाइ गर्न छाडेको थियो ।

आज भने एकाएक प्रहरिले सडकमा सवारी माथी चेक जाच बढाएर ठुलो सङ्ख्यामा सवारिसाधनहरुलाई सडकमा होल्ड गरेको छ ।राजधानिका दर्जनौ स्थानमा प्रहरिले चेक जाच गरी लकडाउनमा चलाउन पाउने अनुमती नलिएका सवारी सञ्चालन्नमा कडाइ गरेको छ ।

त्यसैगरि व्यापारीहरुले काठमाडौंमा आफूखुसी खोलेका पसलहरु प्रहरीले बन्द गराउन थालेको छ । मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा घम्साघम्सी भएको छ । अहिले ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ ।

यसअघि लकडाउनको मिति थपिँदै गर्दा सरकारले कुनै विकल्प नदिएको बताउँदै व्यापारीहरूले २२ जेठको बिहानदेखि पसल खोल्न सुरू गरेका थिए ।काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको बैठकले पनि व्यापारीलाई पसल खोल्न अवरोध नगर्ने निर्णय गरेको थियो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफलमा सकारात्मक कुराकानी भए पनि अहिले एक्कासी आएर प्रहरीले पसल बन्द गराएको बताए । उनले प्रहरीको यो कार्य निन्दनीय भएको  बताए ।

पछिल्लो समय लकडाउन खोल्न सरकारमाथी लगातार दबाब बढ्दै गइ रहेको छ । आगामी जेठ ३२ गतेबाट हाल जारी लकडाउनको अबढी समाप्त हुँदैछ ।असार १ गतेबाट लकडाउन खुकुलो पार्ने तयारी गरिरहेको समाचारहरु सार्बजनिक भइरहेका छन ।

यस अघी पनि सरकारले लकडाउन खुकुलो पार्ने तयारी गरिरहेको बारेमा पटक पटक समाचारहरु सार्बजनिक भएका थिए ।लकडाउन कडा पार्न प्रहरिले एकाएक सकृयता बढाए सगै आगामी असार १ गतेबाट सरकारले लकडाउन क्रमश खुकुलो पार्दै लाने नागरिकहरुको अपेक्षामाथी संसय पैदा भएको छ ।

 

प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार  ४ : ४१ बजे