थप ३२३ जनामा कोरोना संक्रमण पुष्टी



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपेडटअनुसार थप तीन सय २३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार आज तीन सय २३ जना नयाँ संक्रमित थपिएका हुन् ।

जसमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् ।

आज थपिएका नयाँ संक्रमितसँगै कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ ।

प्रकाशित मिति : जेष्ठ २७, २०७७ मंगलबार  २ : ३७ बजे