स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपेडटअनुसार थप तीन सय २३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार आज तीन सय २३ जना नयाँ संक्रमित थपिएका हुन् ।
जसमध्ये २९२ जना पुरुष र ३१ जना महिला रहेका छन् ।
आज थपिएका नयाँ संक्रमितसँगै कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ ।










