शुक्रबार ४ सय ४८ संक्रमित थपिए ,नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो



शुक्रबार नेपालमा ४ सय ४८ जना कोरोना संक्रमित थपिएका छन ।

शुक्रबार थपिएको उक्त संख्या सगै स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ ।

हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

शुक्रबारसम्म नेपालमा १ लाख २१ हजार ८ सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ भने १ लाख ५८ हजार ५० जना क्वारेन्टिनमा छन ।

प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार  १० : ४८ बजे