वीरगञ्जस्थित घण्टाघर नजिकै सडकमा मृत भेटिएका युवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।सडकमै मृत भेटिएका अन्दाजी २५ वर्षीय युवकको स्वाव परिक्षण गर्दा कोरोनाको संक्रमण रहेको नारायणी अस्थायी अस्पतालले पुष्टि गरेको छ ।
मृतकको शव अहिले अस्पतालमै रहेको र शव व्यवस्थापनको तयारी भइरहेको अस्पताल स्रोतको भनाई छ । मृतकको को हुन भन्नेबारे परिचयसमेत खुल्न नसकेको स्रोतले जानकारी दिएको छ ।
गत जेठ २८ गते वेवारिसे अवस्थामा युवकको शव घण्टाघर क्षेत्रमा भेटिएको पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन्। उनले युवकको बाँकी ठेगाना भने खुल्न बाँकी रहेको जनाइन्।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले भने कोरोनाका कारण मृत्यु भएको औपचारीक पुष्टि गरिसकेको छैन् ।










