आजको मौसम : बाग्मती प्रदेशमा भारी वर्षाको पूर्वानुमान



काठमाडौं, १ असार । मौसम पूर्वानुमान महाशाखाले आज नेपालका पूर्वी भूभागबाट मनसुनी वायु र पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ। महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गर्दै हाल कैलाली, बर्दीया, सुर्खेत जिल्ला आसपासको क्षेत्र साथै गण्डकी प्रदेश र प्रदेश १ का केही स्थानहरूमा वर्षा भइरहेको उल्लेख छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो सुदुर पश्चिम, कर्णाली र प्रदेश ५मा सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहने सम्भावना रहेको पूर्वानुमानले जनाएको छ ।

त्यस्तै, राति प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ को एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : असार १, २०७७ सोमबार  २ : १६ बजे